नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव

everest kitchen

काठमाडौँ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।

लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।

लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका छन ।

लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो ।