अपहरणमा परेका भनिएका प्रजा लुकेर अवस्थामा फेला

everest kitchen

मनहरी । अपहरणमा परेको भनिएका राक्सिराङ गाउँपालिका वडा नं. ५ का कुमार चेपाङ (प्रजा) आफै लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
मनहरी गाउँपालिका वडा नं ४ नयाँ बस्तीस्थित एक घरमा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेर घटनाबारे जानकारी दिएको हो । भदौ ३ गते बिहान साढे ११ बजेको समयमा आफ्नो घरबाट हराई परिवारसंग सम्पर्क बिहिन भएको र अपहरणमा परेको भन्दै चेपाङको परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

तर प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्दै जाने क्रममा चेपाङको श्रीमती तथा अन्य परिवारका सदस्यहरुसंग निरन्तर टेलिफोन सम्पर्कमा रहेको खुल्न आएको हो ।
अनुसन्धानका क्रममा ४६ बर्षीय चेपाङ मनहरी ४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको चर्चमा लुकिछिपी बसेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सिताराम रिजालले जानकारी दिए।

चेपाङ र राक्सिराङ ५ का निर्मल भनिने सानु बाबु रुम्बाबीच आर्थिक लेनदेनका बिषयमा विवाद भएको थिए । विवादलगतै चेपाङलाई रुम्बाले अपहरण गरेको आरोप लगाउँदै उनका परिवारले प्रहरीमा निवेदन दिएका थिए ।