सलीनाले जितिन् ‘मिस ग्रान्ड नेपाल’को ताज

everest kitchen

काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा नेपालले ताजसंँगै विद्युतीय स्कुटर पनि जितेकी हुन् ।

५ जना सुन्दरी छानिएको प्रतियोगितामा प्रशंसा उप्रेती फेस अप ब्युटी इन्टरनेसनल नेपाल, करुणा दाहाल मिस औरा इन्टरनेसनल नेपाल , ब्रिटिना आले मिस्स ग्रान्ड युनिभर्सल नेपाल, लक्ष्मी बुडा मगर, मिस ग्लोबल इन्टरनेसनल नेपाल भए । विजेता ५ जनाले नै नगद १-१ लाखको अलावा विभिन्न गिफ्ट समेत पाए ।

मोडल दीपक घिमिरे , मिस एसिया कप साथै मिस टुरिजम आस्था शाखका, संगीतकार सरोज प्याकुरेल र रामहरि सिलवाल निर्णायक रहेको प्रतियोगिताको सबै विजेताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिता आरके इन्टरटेन्मेन्ट ग्रुपले  आयोजना गरेको हो ।