हरियालिमय धनगढ़ी अभियानलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको आर्थिक सहयोग

everest kitchen

समीर मल्ल
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आज धनगढ़ीमा एक कार्यक्रममा उप महानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज कार्यसमितिको तर्फबाट संचालित अभियानमा आर्थिक सहयोग गरिएको ने.रू. एक लाखको चेक हस्तान्तरण गरेको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको “हरियालिमय धनगढ़ी” उक्त अभियानलाई एक्यवद्धता जनाउँदै उप-महानगरपालिकाको उपमेयरको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो ।

समाजका तर्फ़बाट अध्यक्ष श्री शेर बहादुर रावत, संरक्षक श्री धन बहादुर बलायर, दक्षिण कोरियाका पूर्व अध्यक्ष श्री धर्मराज जोशी, कुवेत पूर्व अध्यक्ष अमर खड्का एवं मलेसिया पूर्व अध्यक्ष समीर मल्ल्को उपस्थिती रहेको उक्त समारोहमा स्थानीयसरकारका तर्फ़बाट उपमेयर कन्द्कला कुमारी राना, प्रशासन अधिकृत रामलाल श्रेष्ठ सहित कर्मचारी एवं पत्रकारहरूको उपस्थिति रहेको समाजका अध्यक्ष शेर ब राउतले जानकारी दिए ।

सो सहयोग बारे उपमेयर ज्युले सुदूरपश्चिमेली नेपाली समाजले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।