पेप्सिकोलामा बसले एकैपटक तीन सवारीसाधनलाई ठक्कर दिदा एककको मृत्यु ६ घाईते

everest kitchen

काठमाडौँ । काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई छन् । भट्टराई बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन् । दुर्घटनामा परि थप ६ जना घाइते भएका छन्

बा.३ ख ४८४८ नम्बरको यात्रुबाहक बसले बा.६ च ५३४२ नम्बरको बलेरो, ०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउत प्रहरी नियन्त्रणमा छन् ।