स्कुलबाट घर फर्किँदै गरेका दाजु–बहिनीलाई खहरे खोलको बाढीले बगाउँदा मृत्यु

everest kitchen

रुकुम । रुकुम पश्चिममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको छ ।

आइतबार विद्यालयबाट घर आउँदै गर्दा हावाहुरी संगै भारी वर्षाका कारण आएको बाढीले बगाउँदा एकै घरका दुई भाइबहिनीको मृत्यु भएको हो ।

स्थानीय म्याउला खहरे खोलाको बाढीले बगाई घटनास्थलभन्दा केही तल शव फेला पारिएको स्थानीयले बताए ।

उनीहरू गाउँकै घर्तिकाँडा आधारभूत विद्यालयमा अध्ययनरत थिए । दाजु मनोज ३ र बहिनी भावना १ कक्षामा अध्ययनरत रहेका थिए ।