राष्ट्रिय सभा गृहमा स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण

everest kitchen

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । उनको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा भाईरल संक्रमणका कारण आज बिहान ०७ः३० बजे निधन भएको थियो । एक्कासि बिरामी परेका हुनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको उपचार भईरहेको थियो ।