हजारौं शिक्षकहरु काठमाडौंमा: बानेश्वर देखि थापाथलीसम्म सडक अवरुद्ध

everest kitchen

 

काठमाडौं । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्।

मार्चपासपछि भने शिक्षकहरु वानेश्वर चोकदेखि माईतिघरसम्म छरिएर यत्रतत्र बसेका छन् । एकप्रकारले अलमल जस्तै देखिएका शिक्षकहरुले नेतृत्व कुरिरहेका जस्ता देखिन्छन् ।

शिक्षकको आन्दोलनको क्रममा बानेश्वर चोकदेखि थापाथली चोकसम्मको सडक भने पुर्णरुपमा अवरुद्ध रहेको छ ।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो। देशभरिबाट हजारौं शिक्षक काठमाडौंमा उत्रेका छन ।