बालुवाटारमा सात दलको बैठक

everest kitchen

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् । सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।