श्रम गन्तव्यमुलुक मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी, सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण 

everest kitchen

विपेन उलङगे

काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक मलेसियाबाट गैरआवासीय नेपाली संघको सन २०२३-२५ कार्यकालको केन्द्रीय उपाध्यक्षमा दरिलो दावेदारी पेस गरेका छन ।

उपाध्यक्ष पदका उम्मेदवार न्यौपाने सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण गर्दै आफ्नो उम्मेदवारी दावी गरेका छन् । संधै जसो श्रमिकको समस्या समाधानमा भूमिका खेलिरहेका न्यौपानेले मलेसिया जस्तो श्रमगन्तव्य मुलुकमा रहेर पनि आगामी कार्यकालको लागि उपाध्यक्ष पदको दाबी गरेसंगै एनआरएनए भित्र उनको लोकप्रियता पनि बढेको उनका शुभचिन्तकहरु बताउछन् । उनको उम्मेदवारीले एनआरएन भित्र पनि श्रमिक बलियो  प्रतिनिधित्व गर्ने विश्वास लिईएको छ ।

सन २०१७ मा एनआरएन मलेसियाको नेतृत्व लिएपछि निरन्तर सामाजिक सेवामा विशेष सक्रिय रहेका न्यौपानेले एनआरएनको विभिन्न पद तथा जिम्मेवारीसमेत सम्हाली सकेका छन् । उनले यसअघि एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी निभाइसकेका छन् । उनी “राष्ट्रिय सेवा सम्मान २०७९”, “सोसियल आवर्ड २०७९” बाटसमेत सम्मानित भएका थिए ।

एनआरएनए अभियानमा लागिरहँदा श्रमिकको  मुद्दालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । सिंगो मलेसियाको एनसीसी कमिटीले सर्बसहमत रुपमा आफुलाई उम्मेदवारी पारित गरेकोले पनि उनले जितमा सहजता हुने बताए । उनका अनुसार ८२ देशबाट सहभागीता रहेने एनआरएनको ११ औं विश्व सम्मेलनमा उम्मेदवारी परेको देशबाट एकभन्दा बढीको उम्मेदवारी रहेपनि आफूलाई केन्द्रीय उपाध्यक्ष र हरी भट्टराईलाई एसिया प्यासिफिक सह-संयोजक पदमा मलेसिया कमिटीले सर्बसम्मत सिफारिस गरेको बताए ।

बिदेसमा रहेका श्रमिकका मुद्दादेखि लिएर नेपालको बिकास र समृद्दिका लागि आवाज उठाउने मात्र नभई राज्यसंग त्यसको हकहित , पहिचान र कार्यनवयनको पाटोसम्म लिने र कार्यनवयन गराउदै आएकोले यसमै निहित रहने गरी एनआरएनएको आशन्न निर्वाचनमा  उपाध्यक्ष पदको लागि उम्मेदवार दर्ज गराएको उनी बताउछन ।

साथै, उनले आफ्नो उम्मेद्वारिसंगै सामुहिक लगानि , सुरक्षित बैदेशिक रोजगार, श्रमिकको सम्मान सहितको श्रम, नेपालको लागि पर्यटन बिकासमा एनआरएनए , उर्जामा एनआरएनए  , लगाएतका पहिचान र समुन्नत नेपाल बनाउने अभिभारा र भरोसा सहित उम्मेदवारी दिएकोउल्लेख गर्दै आफुलाई बिजयी बनाउन विश्वभरीबाट सहभागि हुने एनआरएन प्रतिनिधिहरुसंग अनुरोध गरे ।

साथै, उनले अब लगत्तै मलेसिया लगायतका श्रम गन्तव्यमुलुकमा बैधानिक सेल्टर हाउस बनाउने कुरामा पहल गर्ने , सामाजिक सुरक्षा कोषलाई हरेक श्रमिकको पहुँचमा पुर्याउने र नेपालमा सामुहिक लगानीको वातावरण सिर्जना गर्नेमा आफु लाग्ने बताउदै आएका छन् ।

एनआरएनएको उपाध्यक्षको आकाक्षी भएसंगै उनले जापान, मध्यपुर्व लगायत विश्वका विभिन्न देशमा भ्रमण गरेर सल्लाह शुझाव लिईसकेका छन्

 

विकास हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष, स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.को अध्यक्षसमेत हुन । यसका साथै उनी नेपाल, मलेसियासहित अन्य देशहरुमा पनि व्यवसाय बढाउने क्रममा रहेकाछन् ।