लोकतन्त्रले राजतन्त्रको वकालत गर्न पनि छुट दिएको छ- पौडेल

everest kitchen

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले लोकतन्त्रमा राजतन्त्रको समेत वकालत गर्न पाउने भएकाले लोकतन्त्र भन्दा उन्नत राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् ।

उज्यालो नेटवर्कको एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लोकतन्त्रले दिएको स्वतन्त्रता प्रयोग गरेर राजावादीहरुले राजतन्त्रको वकालत गरेको देख्दा उदेक लागेको बताए । जुन व्यवस्थामा राजतन्त्रको माग गर्न पाएको छ, जसको पनि आलोचना गर्न पाउने वाक स्वतन्त्र दिएको छ, त्योही व्यवस्थाको खारेजीको माग गर्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।