कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

everest kitchen

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् ।

 

“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”

 

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

 

कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।

“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उनले भने, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान तर समग्रमा कमी भएको छ ।”