श्रमिक मैत्री एनआरएनए बनाउनुछ – आरसी पदका उम्मेदवार हरि भट्टराई

everest kitchen

विपेन उलङगे काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदमा मलेसियाबाट हरि भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। गैरआवासीय नेपाली संघ मलेसियाको वर्तमान कार्यसमितिका उपसंयोजक रहेका भट्टराईले एनआरएनएको ११ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आरसी पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिकमैत्री एनआरएनए मेरो सरोकार’ भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका भट्टराईलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाएको उल्लेख गर्दै श्रमिकमैत्री एनआरएनए बनाउने उद्देश्य रहेको भट्टराईले बताए ।

एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने।  नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्ने।  एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्ने (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गर्न)। नेपालका लागि प्रमुख श्रम गन्तव्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्ने लगायतको उनले प्रतिबद्धता राखेका छन ।

त्यस्तै विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनको सहकार्यलाई थप बलियो बनाउने। नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउन गैरआवसिय नेपाली संघको विश्व सञ्जालमार्फत आवश्यक पहल गर्ने। श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गर्ने। एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा,कला–संस्कृति जगेर्नाका लागि अभियान चलाउने पनि उनले घोषणा गरेका छन।

एनआरएनए मलेसियाको नेतृत्वमा रहँदा भट्टराईले आफ्नै कार्यकालमा एनआरएनए मलेसियाको कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले मलेसियन रिंगेट ५० हजार (१४ लाख रुपैयाँ) जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आइरहेका छन।

कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढी नेपालीलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएनए मलेसियाको शाख उचाईमा पुर्याउन सफल रहेको उनलेे बताए ।