जापानबाट एसिया प्यासिफिक संयोजकमा शिव प्रसादको उम्मेदवारी: श्रमिक समस्याको पैरवी गर्छु- पौडेल

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको एसिया प्यासिफिक संयोजक (आरसी) को २०२३-०२५ कार्यकालका लागि जापानका शिव प्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । यसअघि एनआरएनए जापानको सफल नेतृत्व गरि सकेका शिव प्रसादले प्रवासी श्रमिकको समस्यमा अभिभावकत्व निभाउन सक्ने पैरवी संस्था बनाउने, प्रवासको दोस्रो र तेस्रो पुस्तालाई नेपालसंग जोडिरहने लगायतका एजेन्डा लिएर उनलेे आफ्नो उम्मेदवारी दिएका हुन ।

सरल र सहज स्वभावका पौडेलले मेलमिलाप, भातृसहित एसिया प्रशान्तका श्रमिक समस्या समाधान, एसिया प्रशान्त भित्रका विभिन्न देशमा अध्यनरत विद्यार्थीहरुको आवश्यक परामर्श तथा तालिम सञ्चालन, नेपाल सरकार संग समन्वय गर्दै म्यानमार , थाइल्याण्ड , कम्बोडिया , मलेसियामा रहेका नेपालीभाषी नेपालीहरुलाई पिपुल अफ ओरिजिन परिचयपत्र उपलब्ध गराउन पहल गर्ने लगायतका आफ्ना मुख्य एजेन्डा रहेको बताए ।

लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका पौडेलले जापानमा समाजसेवक, व्यवसायी, सहजकर्ता जस्ता भुमिकामा आफुलाई स्थापित गर्दै आएको उनका शुभचिन्तकहरु बताउछन् ।

त्यस्तै उनलेे कोभिड-१९ को महामारीको अवस्थामा जापानमा रहेका हजारौं नेपालीलाई खोप लगाउने, नेपालमा स्वास्थ्य सामाग्री खरिद गरि पठाउने लगायतमासमेत  सफल भुमिकामा निभाएका थिए ।

साथै पौडेलले संस्थागत विकास , विषेशगरी केन्द्र र एसिया प्रशान्त क्षेत्रका देशहरूको एनआरएनए एनसिसिहरुसंग प्रभावकारी समन्वय गर्दै अगाडि बढ्ने, एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्नेगरि काम गर्ने बताए ।

एनआरएनएको ११औं विश्व सम्मेलन ३० असोज गतेदेखि काठमाडौं चल्नेछ । उक्त सम्मेलनमा ८२ देशमा रहेका प्रवासी नेपालीहरुको सहभागीता रहनेछ ।