कर्णाली प्रदेश सरकार जिम्मेवारी बाँडफाँड गरेर भुकम्प प्रभावित क्षेत्रमा सक्रिय

everest kitchen

सुर्खेत। कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ। मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीहरु बीच जिम्मेवारी बढिएको छ ।

जसअनुसार मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्रमै आवश्यकता अनुसार सक्रिय रहनेछन् । अर्थमन्त्री बेदराज सिंह जाजरकोट, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् ।

कृषिमन्त्री भीमप्रकाश शर्मा रुकुम पश्चिम र सल्यानमा खटिने, ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने बताइएको छ ।