भुकम्पबाट त्रिवेणीका तीन हजारबढी घरमा क्षति, तत्कालै ३७२ थान त्रिपाल वितरण

everest kitchen

रुकुम । शुक्रबार राति जाजरकोटको बारेकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको कारण रुकुम पश्चिमको त्रिवेणीमा पनि अत्याधिक भौतिक क्षति भएको छ । त्रिवेणीमा करिब तीन हजारबढी घरहरू क्षति पुगेको हो ।

सोमबार त्रिवेणी गाउँपालिकाको आयोजनामा बसेको छ । बैठकमा त्रिवेणीका दशवटै वडाका वडाअध्यक्षहरुले रिपरमखेका थिए । सो क्रममा त्रिवेणीमा हालसम्म मानवीय क्षति नभएपनि भौतिक क्षेती भने धेरै भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताए ।

अधिकृत घर्तीका अनुसार हालसम्म ३ हजार जतिको घरमा क्षति पुगेको परारम्भिक विवरण आएपनि यो बढ्न सक्छ । सबै जस्तो घरहरु ढुंगामाटोबाट निर्मित भएकोले केही भत्किएका छन् भने धेरै जस्तो चर्किएका छन् । मानवीय क्षति नभएपनि भौतिक क्षति भएकोले त्रिवेणीमा पनि राहतको आवश्यकता रहेको अधिकृत घर्तिले बताए ।

त्यस्तै गाउँपालिकाले तत्कालै ३७२ थान त्रिपाल वडाहरुमा पठाएको छ । संघिय सरकारको तत्कालै राहत स्वरुप ३०० थान , त्रिपाल गाउँपालिका विपद व्यवस्थापन कोषबाट ७२ थान गरेर ३७२ थान त्रिपाल पहिलो चरणको रुपमा वडाहरुमा पठाएको हो । प्राथमिकताका आधारमा उक्त सामाग्री वितरण गर्ने बताएको छ ।

यस्तै बैठकले गाउँपालिका अध्यक्ष गणेश कुमार केसीको नेतृत्वमा २८ सदस्य सर्वदलीय संयन्त्र गठन गरेको छ । संयन्त्रमा कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगायतको सहभागीता रहेको छ ।

साथै, राहत सामग्री बितरण गर्न ईच्छुक संघ संस्था लगायत सम्बन्धित निकायहरुलाई गाउँपालिका मार्फत एकद्वार प्रणाली बाट बितरण गर्ने, गाउँपालिकाको प्राकृतिक प्रकोप व्यवस्थापन खाता संचालन गरी सहयोग आह्वान गर्ने निर्णयसमेत गरेको छ ।