शर्मा नेतृत्वको एनआरएनएद्वारा जाजरकोट र रुकुमका २ हजार परिवारलाई राहत सामग्री वितरण

everest kitchen

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । टोलिले रुकुम पश्चिमको आठबिसकोट र जाजरकोटको नलगाड र बारेकोटमा २००० घरपरिवारलाई राहत सामाग्री बितरण गरेको हो ।

आरके शर्मा नेतृत्वको संघले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २ हजार मिटर म्याट्रेक्स र ७५० थान ब्लाङकेट पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्माको रोहबरमा सहयोग गरेको छ ।

त्यस्तै, नलगाड नगरपालिकाका निमित्त प्रकाशकीय अधिकृत बलवीर बिकलाई त्रिपाल ५०० थान, म्याट्रेस २००० मिटर, ब्ल्याङ्केट ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरेको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका लागि राष्ट्रपति रामचन्द्र पौडेलको टोलिलाई ५५० थान ब्लाङकेट हस्तान्तरण गरिएको थियो । एनआरएनले उपलब्ध गराएको उक्त ब्लाङकेटसहित राष्ट्रपति पौडेलले थप अन्य राहत सामाग्रीहरु लिएर बारेकोट पुगेका थिए ।

सरकारको एकद्वार नीतिअनुसार एनआरएनएले उक्त स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरेको हो । उक्त राहत सामग्री स्थानीय तहले आवश्यकताका आधारमा वितरण गर्नेछन ।

जाजरकोटको नलगाड र आठबिसकोट पुगेर सहयोग राहत हस्तान्तरण गरेका एनआरएनका अध्यक्ष आरके शर्माले अहिलेलाई तत्कालै केही राहत सामाग्री हस्तान्तरण गरेपनि थप पुनःनिर्माणमा बिशेष प्रबिधिसहित ५० बर्षसम्म टिक्ने घरहरु निर्माणमा सघाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । साथै उनले तुरुन्तै मनोपरामर्शसहितको कार्यक्रम गरेर भुकम्प प्रभावितलाई सचेतना दिनेसमेत बताए ।

त्यस्तै, संघका महासचिव बुद्धिसागर सुवेदीले पीडितलाई आश्वस्त पार्दै विदेशमा बस्ने नेपालीहरुलाई पनि भुकम्प प्रभावित पीडाले छुने हुदा आफुहरुले नयाँ प्रबिधि प्रयोग गरेर पुनःनिर्माणमा सघाउने बताए ।

राहत वितरणका लागि मंगलबार शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, राज रेग्मी, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल, पूर्व अध्यक्ष रविना थापा, पूर्व उपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता ओम शर्मा, शनिकुमार ओलीले बढी भुकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई राहत हस्तान्तरण गरेका हुन् । टिमलाई अभियान्ता ओम शर्मा, शनि ओली र पत्रकार  विपेन उलङगे लगायतले सहजिकरण गरेका थिए

भूकम्पलगत्तै आकस्मिक बैठक बसेर शर्मा नेतृत्वको एनआरएनएले १० करोडको कोष बनाउने निर्णय गरेको थियो । जसअनुसार तत्काल भूकम्प पीडितलाई सघाउने निर्णयअनुसार आरके शर्माले २१ लाख, बुद्धि सुवेदीले १९ लाख, डा केशव पौडेलले १ लाख, ठाकुर ढुंगानाले १७ लाख, अब्दुल बासिदले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी कुल आचार्यले ५ लाख ५५ हजार ५५५, दयानिधि सापकोटाले १ लाख, खगेन्द्र न्यौपानेले ५ लाख ५ हजार, लोक दाहालले ५ लाख, तिलक गैरेले ४० हजार, कृष्णजिवी पन्तले २ लाख १११, गोविन्द श्रेष्ठले ३ लाख, अनुप खनालले ५१ हजार, भवानी तिवारी ५० हजार, सघर्षशिल केसीले ३३ हजार ३३३, चित्र सुवेदीले १ लाख, नारायण आचार्यले ५० हजार, देविका केसीले ५५ हजार ५५५, गंगाधर गौतमले १ लाख, हेम पाण्डेले ७५ हजार,

विजय मोक्तानले ५० हजार, महेन्द्र बस्नेतले ३० हजार, बालकृष्ण मरासिनीले २५ हजार, गंगा भुुषालले ५१ हजार, गीता खनालले ५० हजार र सरिता भण्डारीले ५० हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।