भुकम्प प्रभावित ठाउँमा उद्धारमा निरन्तर खटिदै वाईसीएल तथा क्रान्तिकारीका कार्यकर्ताहरु

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ता भूकम्प प्रभावित क्षत्रमा खटिएका छन् । शुक्रवार मध्यरातमा आएको भूकम्पले प्रभावित पारेको रुकुम पश्चिमको आठबीसकाेट नगरपालिका र सानीभेरी गाउँपालिकामा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसीएलका नेता तथा कार्यकर्ता उद्धारमा खटिएका हुन ।

शनिबार देखि आफुहरू निरन्तर खटिएको वाईसीएल त्रिवेणीका नेता दिनेश खड्काले बताए । खड्काले भुकम्पले भत्किएका घरमा पुरिएका अन्नपात र लत्ता कपडा निकाल्नुका साथै भूकम्प पीडितलाई ओत लाग्न पाल निर्माण लगायतका कामका आफुुहरु लागेको बताए ।

खड्का अनुसार उद्धारको क्रममा आज सांझ ४:३१ बजे गएको भुकम्पमा परी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तुल देवकोटा लगायतका साथिहरु घाइते भएका छन् ।