अर्थमन्त्री हुदा कैलास सिरोहियालाई “स्टकएक्चेन्ज” नदिदा कान्तिपुरले बल्याकमेलिङ गर्दैछ- जनार्दन शर्मा

everest kitchen

रुकुम । पूर्वअर्थमन्त्रीसमेत रहेका रुकुमका सांसद जनार्दन शर्माले कान्तिपुरको बल्याकमेलिङ टेन्डेन्सी अनुसार आफुलाई बल्याकमेलिङ गरेको बताएका छन् । बिहीबार रुकुममा पत्रकार सम्मेलन गर्दै नेता शर्माले आफू अर्थमन्त्री भएको बेला कैलास सिरोहियन आएर तपाईंसंग हात मिलाउछु भन्दै “स्टकएक्सचेन्ज” मागेको र प्रक्रियामा आउन भनेपछि निरन्तर बल्याकमेलिङ गर्न थालेको बताएको हुन ।

उनले भने ” चुरोकुरो कहाँ छ भने, म अर्थमन्त्री हुदा कैलास सिरोहिया आएर ल तपाईंसंग हात मिलाउछु है भनेको र अर्को दिन आएर मलाई स्टकएक्सचेन्ज चाहियो भनेका थिए । त्यो कुरा त प्रक्रियामा आउँछ प्रक्रियामा आउनुस भन्दा मेरो बिरुद्ध ६ पटकसम्म सम्पादकीय लेखियो कान्तिपुरमा” ।

नेता शर्माले कपोकल्पित ढंगबाट समाचार आएको । संवाददातालाई प्रभावित पारेर समाचार लेख्न दबाब दिएपछि नभएकै समाचार संवाददाताले लेखेको उल्लेख गरेका छन् । कान्तिपुरमा “भुकम्प प्रभावित राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहिन राजनीति” भनेर प्रकाशित समाचार पत्रकारिता सम्बन्ध छैन, त्यो बल्याकमेलिङ मात्रै भएको उनले बताए ।

रुकुम जनतालाई अहिलेसम्म रेडक्रसले मात्रै सोलार बाँडेको आफुलाई थाहा भएको उल्लेख गर्दै अन्य अरु ठाउँबाट अहिलेसम्म सोलार नआएको र त्यो रुकुमेलीलाई आवश्यकता पनि खासै नभएको बताए । साथै, उनले यश बिषयमा कान्तिपुरले उद्रित गरेका भेरी नगरीपालिकाका मेयर चन्द्र प्रकाश घर्तीसंग बुझ्दासमेत आफुले यसरी नबोलेको बताएको उल्लेख गरे ।

साथै, जाजरकोट र रुकुमका जनता सबै आफ्नो भएको भन्दै , रुकुम पश्चिममा आफू र जाजरकोटमा हाल उर्जामन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत कार्यविभाजन गरेर खटिएकोसमेत बताए । अहिलेसम्म रुकुम १८ हजारबढी घरहरुमा क्षति पुगेकोले तत्कालै राहत उपलब्ध गराउनु पर्ने ब।