भुकम्प प्रभावितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोलीद्धारा जनस्वास्थ्य तथा मनोपरामर्श सेवा

everest kitchen

रुकुम । जाजरकोट- रुकुम पश्चिमका भुक्म्प प्रभावितलाई “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयको टोलिले मनोपरामर्श र जनस्वास्थ्य सम्बन्धि जनचेतनामूलक शिक्षा दिईरहेको छ । प्रतिष्ठानको टोलिले प्रभावित क्षेत्रमा पुगेर मनोपरामर्श तथा जनस्वास्थ्य सम्बन्धि शिक्षा दिईरहेको छ ।

प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्रीको नेतृत्वमा एसिन्टेन्ट प्रोफेसर डाक्टर ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्य, प्राविधिक सहयोगी सन्तोष रावल, पब्लिक हेल्थका विद्यार्थीहरु नरसिङ पुन र रुपेश गिरीसहितको टोलिले प्रभावितलाई सेवा दिईरहेको छ ।

टोलीले प्रभावित गाउँबस्तिमा पुगेर स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण लगायतको कार्य गरिरहेको प्राध्यापक डाक्टर क्षेत्रीले बताए । प्रतिष्ठानको जनस्वास्थ्यको टिमले जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १,२,३ मा भुकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिईसकेको छ भने रुकुम पश्चिमको आठबिसकोटमा सेवा दिईरहेको छ । साथै उक्त टोलिले त्रिवेणी गाउँपालिकामा पनि सेवा दिने बताएको छ ।

प्राध्यापक क्षेत्रीका अनुसार प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुरामा धेरै नै ख्याल गर्नुपर्ने भएकाले विपदपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या र त्यसको समाधान बारे आफुहरुले सचेतना फैलाउनुकासाथै जनस्वास्थ्य सम्बन्धि अध्यन, पीडितको स्वास्थ्य चेकजाँच पनि गरिरहेको छ ।

त्यस्तै, कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले भुकम्पले उत्पन्न विपदका कारण पीडितहरुमा स्वभाविक रुपमा मनोवल घट्ने भएकोले यस्तोबेला उचित खालको मनोपरामर्श आवश्यक रहेको बताए । उनका अनुसार प्रभावित क्षेत्रमा पीडितको मनोभावनामा परेको प्रभाव अनुसार आवश्यकताका आधारमा प्रथामिक मनोवैज्ञानिक परामर्श, सामुहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा टोलिले उक्त सेवा दिईरहेको छ । साथै टोलिले पीडितलाई घरमै पुगेर आधारभुत स्वास्थ्य सामग्री: हाईजिन किट ( सावुन, बु्रस, तुतपेष्ट, सेनिटरी प्याड, पानीमा हाल्ने प्यूस) समेत प्रभावितलाई वितरण गर्दै गएको छ ।

भुकम्पले प्रभावित जाजरकोट – रुकुम पश्चिमका पीडितलाई उद्धार तथा उपचार सेवा दिन यसअघि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातलको टिम प्रभावित क्षेत्रमा काम गरेर फर्किएको थियो ।