कर्णालीबासीले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने

everest kitchen

सुर्खेत । कर्णाली प्रदेशका नागरिकले क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन पाउने भएका छन् । मंगलबार प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी भीम प्रसाद ढकालले उक्त क्यूआर कोर्डको उद्घाटन गरेका हुन ।

क्यूआर कोडमार्फत आएका गुनासालाई तिन प्रकारमा वर्गीकरण गरिएको छ । प्रहरी प्रमुख ढकालका अनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तिन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइने छ ।

उनले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताए । यो सुविधा कर्णालीका दशवटै जिल्ला विस्तार गरिने बताएको छ ।