मलेसियामा अलपत्र अशोककुमार राउतको खोजि गरिदिन परिवारको अनुरोध

everest kitchen

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएर हराईरहेका सप्तरीका अशोककुमार राउतको खोजि गरिदिन परिवारले अनुरोध गरेको छ ।

सप्तरी जिल्ला राजबिराज नगरपालिका- ११ बस्ने नारायण राउत बरैको छोरा अशोक कुमार राउत विगत १ बर्षदेख मलेसियामा कार्यरत उनी केहीदिन देखि सम्पर्कबिहिन भएको परिवारले जनाएको छ ।

मलेसियाको सेलाङगर राज्यको शाहआलम स्थित
KAYEL TYRE RETREAD SDN. BHD मा कार्यरत उनी मानसिक समस्या देखिएसंगै जथाभावी घुमफिर गरिरहेकोले सम्बन्धित निकायमा जानकारी गरिदिन अनुरोध गरिएको छ । सम्पर्क व्यक्ति सुरेन्द्र महतो +60102521407