जनजाती महासंघ र एनआरएनए मलेसियाद्वारा नवनियुक्त उपनियोग बज्राचार्यलाई स्वागत

everest kitchen

क्वालालम्पुर । नेपाली राजदुतावासका लागि नवनियुक्त उपनियोग प्रमुख सहायकराजदुत मुदिता बज्राचार्यलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा स्वनगत गरेका छन् । एनआरएनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बज्राचार्यलाई स्वागत गरिएको हो ।

सोअवरमा नवनियुक्त उपनियोग प्रमुख बज्राचार्यले नेपाली राजदुतावासबाट हुँदै आएको सहकार्यमा कमि हुन नदिने र अझ मजबुत बनाउने कोसिस गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै स्वागत मन्तब्य राख्दै आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिनले आउने दिनहरुमा उपनियोग प्रमुखले बिगतको दिनहरुमा जस्तै श्रमिकको समस्य हल गर्नको लागि पछि नपर्न अनुरोध गरेका थिए । त्यस्तै गैर आवसिय नेपाली संघको तर्फबाट आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष हेमराज सापकोटाले संघले बिगतको दिनहरुमा दुतावाससंग सहकार्य रहदै आएको र उक्त कार्यहरुलाई थप निरन्तरता दिदै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमको सभापतित्व गैर आवासीय संघको संस्थापक अध्यक्ष शंकर बहादुर पौडेल रहेको थियो भने प्रमुख आतिथिमा नव नियुक्त उपनियोग प्रमुख बज्राचार्य रहेको थियो । त्यस्तै अन्य अतिथि हरुमा दूतावास मलेसियाका दितिय सचिव प्रेम बहादुर बुढा रहेका थिए ।