काठमाडौं महानगरले ३ हजार ४६९ कुुकुरको बन्ध्याकरण गर्यो

everest kitchen

काठमाडौं । ६० दिनमा काठमाडौं महानगरपालिकाले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । यस्तै ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको छ ।

मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिई सक्ने महानगरले बताएको छ । असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको हो ।