रास्वपा सभापति रबि लामिछाने आज मलेसिया जादै

everest kitchen

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। नेपाली ब्यवसायी नेत्र केसीको संयोजकत्वमा मलेसियामा  गठित रास्वपाको तदर्थ समितिद्वारा आईतवार क्वालालम्पुरमा आयोजित कार्यक्रममा भाग लिन उनी त्यहाँ जान लागेका हुन ।

क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा आईतवार आयोजना हुन लागेको अन्तरक्रिया,भेटघाट कार्यक्रममा सहभागी हुन र  मलेसियामा पनि रास्वपाको प्रवास संगठन आधिकारिक रुपमा विस्तार गर्न तिनदिने मलेसियाब्यापी भ्रमणको लागि लामिछाने मलेसिया आउन लागेको कार्यक्रमका सह-संयोजक हेमराज सापकोटाले जानकारी दिए ।

लामिछाने शनिबार राति पौने १० बजे मलेसिया प्रस्थान गर्नेछन् । सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम तय भएको बताएको छ ।

भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकाटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन्।