बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्छौं : सांसद अब्दुल खान

everest kitchen

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले आउँदो पुसपछि बर्दियाका १० हजार परिवारलाई इन्डक्सन चुल्हो वितरण गर्ने बताएका छन् ।

हालै दुबईमा भएको कोप–२८ सम्मेलन सहभागी भएका सांसद खानले सिंगापुरमा रहेको ‘सिंगापुर डोनर एजेन्सी’ र नेपालको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन अर्गनाइजेशन’ का बीच मंसिर १९ गते सहमति भएको बताउँदै पुसपछि बर्दियामा निःशूल्क इन्डक्सन चुल्हो वितरण गरिने बताए ।