प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलद्धारा राजिनामा

everest kitchen

काठमाडौं । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएर पनि माखो मार्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले पदअनुसारको काम गर्न नसकेको वा गर्न नदिएको भन्ने चर्चा राजनीतिक र अन्य वृतमा चलिरहेको थियो । यही बीचमा उनले २० मंसिरमा राजीनामा दिएका हुन् । गजुरेलले आफूलाई प्यारालाइज्ड बनाएको भन्दै प्रधानमन्त्रीसँग गु्नासो गर्दै आएका थिए ।

उनको राजीनामा हालसम्म स्वीकृत भने भएको छैन । गजुरेलले कारण नबताए पनि आफूले राजीनामा दिएको भने बताए ।