बिना झ्याल तारा एयरको विमान लुक्ला पुगेको बारे अनुसन्धान गरिदै

everest kitchen

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरलाइन्सको बिमानको इमर्जेन्सी झ्याल खसेको पाईएको छ । आइतबार बिहान ९ः३० बजे लुक्लाका लागि उडेको ‘ट्विनएटर ९ एनएलओ’को झ्याल खसेको थियो ।

लुक्ला बिमानस्थलनमा बिहान १० बजे अवतरण भइसकेपछि जहाजको सिसा खसेको थाहा भएको थियो । त्यसैले कहाँ खस्यो भन्ने बारे अनुसन्धान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिमानका चालक दलका सदस्य, कार्गो लोड गर्ने स्टाफ सबैलाई अनुसन्धानका लागि काठमाडौं ल्याईएको बताएको छ ।