ई–चुरोट प्रतिबन्ध लगाउन आग्रह

everest kitchen
vep

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धूम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे ।