प्रवासी नेपाली मञ्चको सहयोगमा मलेसियामा जेल जीवन भोगी रहुका ४ नेपाली स्वदेश फिर्ता

everest kitchen

क्वालालम्पुर । प्रवासी नेपाली नेपाली मञ्च मलेसियाको सहयोगमा जेल जीवन बिताई रहेको ४ जना नेपाली स्वदेश पठाएको छ ।

नेपाली राजदुतावास मलेसियाको समन्वय र मञ्चले उपलब्ध गराएको हवाई टिकटको साहयताले दाङ घोराही -८ का बिष्णु पुन,झपा दमक -६ का रोशन भण्डारी,सुन्सरी धरान- १७ का बिक्रम लिम्बू र रामेछाप चुचुरे -२ का प्रकाश खत्री स्वदेश फर्काएको मञ्चका अध्यक्ष दयाराम कुमालले जानकारी गराए।

त्यस्तै अहिलेसम्म मञ्चले उपलब्ध गराएको टिकटले करिब ३० भन्दा बढी स्वदेश फिर्ता भइ सकेको र मञ्चले बार्षिक १०० जनाको टिकट उपलब्ध गराउने घोषण गरेको थियो र सोही घोषणा अनुसार टिकट उपलब्ध गराउदै आएको छ।