मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

everest kitchen

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ।

मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत रुम्बा आइतबार काम सकिएर आफू बस्ने कोठामा सुतेको र बिहान उठ्ने बेला मृत्यु भइ सकेको सँगै काम गर्ने नेपाली साथीहरुले बताए ।

त्यस्तै मृतक रुम्बाको शब आवस्यक प्रक्रिया पुर्‍याएर नेपाल फर्काउने तयारी भईरहेको नेपाली राज दूतावास मलेसियामा जनसम्पर्क अधिकृत  टेक बहादुर बुढाले जानकारी गराए।