न्याय माग्न दूतावास पुगेको ९० जना नेपाली कामदार त्रीपक्षीय सम्झौता पछि पुनः काममा फर्किए 

everest kitchen

क्वालालम्पुर । मलेसियाको पुचुङमा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास,रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न ।

पुरानो बानेश्वर बत्तिसपुतली स्थित रहेको रिदम ओभरसिज लगायत  तिनवाट मेनपावर बाट मलेसिया पुगेका ९० जना भन्दा बढी जनही ३ लाख ५० हजार सम्मको लागत तिरेर मलेसिया पुगेका कामदारहरु माथी रोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको बेतुपमा स्वदेश फिर्ता गरिदेने धम्की दिएको क्षमता भन्दा बढी  काम लगाएको भन्दै जनवरी १६  सोमबार दूतावास पुगेका कामदारलाई रोजगार दाताले अभद्र व्यबहार नगर्ने र काममा पनि केही हद सम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदारहरु काममा फर्किएका थिए ।

पुनःरोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको कम्पनिले भनेको जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिक समेत कटाइदिने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै आज राजदुतावास पुगेका थिए।

खानाको लागि प्रयोग हुने चराको गुँड बनाउने उक्त कम्पनीमा पहिले जनही कार्यसमय भित्र १९० ग्राम पुर्याउनुपर्ने थियो कुनै पनि तरिकाले काम गर्दा समेत कम्पनिको टार्गेट पुर्याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमय भित्र १३० ग्राम टार्गेट पुर्याउनुपर्ने रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्त सहित राजदुतावास क्वालालम्पुरको सभाहलमा राजदुतावासको रोहबरमा रोजगारदाता कम्पनीका एच आर , दूतावासका उपनियोग प्रमुख  मुदिता बज्राचार्य,श्रम सहचार्य दिलिप खंडका ,प्रथम सचिव बलिराम प्रसाद धामी ,सचिव प्रेम बहादुर बुढा ,पब्लिक रिलेसन अफिसर जय गिरी, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष /उपाध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज साप्कोटा, लगाएत को उपस्थितिमा मौखिक सम्झौता गरि कामदारहरु काममा फर्किएका हुन ।

पटकपटक भएका दुव्र्यवहार र अन्तर्राष्ट्रिय श्रम नियम बिपरित ,दुई देश बिच भएको श्रम सम्झौता बिपरित गर्नुपरि रहेको काम विभिन्न खालका मानसिक टर्चर दिएमा कामदारलाई जे गर्दा पनि हुन्छ भन्ने बुझाई रोजगारदाता कम्पनीको रहेमा वैदेशिक रोजगार बिभागमा मलेसिया स्थित लेवर कोडमा समेत उजुर गर्ने बताएका छ्न ।