सुदूरपश्चिम सरकारका कानुनमन्त्री सवार गाडी दुर्घटना, २ जनाको मृत्युु

everest kitchen

समीर मल्ल
बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहकाे ज्यान गएकाे हाे ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लैजान लागिएकाे प्रहरीले जनाएकाे छ।