अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

everest kitchen

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् ।

यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन् ।

बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् र अर्को ईद आउनुहोस् र ‘सिकंदर’लाई भेट्नुहोस्… सबैलाई ईदको शुभकामना।’

मुरुगादास र सलमानले यसअघि फिल्म ‘जय हो’ मा सँगै काम गरिसकेका छन् ।

सलमानको पछिल्लो फिल्म टाइगर-३ २०२३ मा रिलिज भएको थियो । उनको २०२४ मा किक-२ रिलिज हुने बताइएको छ भने २०२५ मा टाइगर भर्सेज पठान पनि आउदै छ ।