एमाले ओखलढुंगाका पूर्वअध्यक्ष कटवालले छोडे पार्टी

everest kitchen

ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- ‘दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो ।  मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु ।’

बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।