प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

everest kitchen

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार एक दिने नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री योकोसँग दुई पक्षीय हितका बारेमा छलफल भएको बताइएको छ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन्।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।