नेपाल आदिवासी जनजाति महासंघमा पदपूर्ति

everest kitchen

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले रिक्त पदहरुमा पदपूर्ति गरेको छ ।
यहि आइतबार अर्थात १८ मेका दिन महासंघको कार्यालयमा एक कार्यक्रम बिच अधिवेशनताका र बिचमा रिक्त भएका पदहरुमा महासंघले पदपूर्ति गरेको हो । महासंघको उपाध्यक्षमा ङवाङ नूरी शेर्पा मनोनित भएका छन् । महासंघको अघिल्लो सहकोषाध्यक्ष सम्झना तामाङ्ग नेपाल फर्किएपछि रिक्त रहेको पदमा उर्मिला गुरुङ्ग मनोनित भएकि छिन् । त्यसैगरी रिक्त सदस्य पदहरुमा सन्तोष थाङमि, किसन गुरुङ्ग, बिर्ख गुरुङ्ग र आङफूर्वा शेर्पा रहेका छन् ।
मनोनित पदाधिकारीहरुलाई महासंघका अध्यक्ष बिपीन राई, बरिष्ठ उपाध्क्ष पदमराज लिम्बु तथा महासचिव बिक्रम वाइबा तामाङ्गले संयुक्त रुपमा खादा लगाएर स्वागत गर्नुभएको थियो ।
मनोनित पदाधिकारीहरुलाई महासंघका अध्यक्ष बिपीन राईले स्वागत गर्दै अबका दिनमा महासंघको कार्यक्रमहरु सबैजातिय संघसंस्थासँग मिलेर भव्यरुपमा मनाउने र एकबद्ध भएर अगाडी बढ्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियामा हाल ७ वटा जातिय संस्था आबद्ध भईसकेका छन् ।