सुनको मुल्यमा नयाँ किर्तिमान

everest kitchen

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।

शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।