बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक

everest kitchen

बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक भक्तपुर । चार महिने बासुरी बाजा तथा पछिमा बाजा प्रशिक्षण आइतबार भक्तपुरमा सम्पन्न भएको छ ।

निओे फ्युजन बाजा समूह इनाचो भक्तपुर र नवदुर्गा बाजा समूह भक्तपुरको संयुक्त आयोजनामा सहभागी बाँंसुरी बाजा समापनको अवसरमा सार्वजनिक गरिएको छ । उनीहरुलाई परम्परा अनुसार नास द्य (देवतास्थल)मा लगेर बाँंसुरी बाजा बजाउन लगाई सार्वजनिक गरिएको हो । संयोजक उमेश कर्माचार्यले प्रशिक्षार्थीहरुले चार महिनासम्म उत्साहका साथ तालिममा सहभागी भएको जनाए ।

एकजना प्रशिक्षार्थी यजु आचार्यले आफूले पनि बाजा प्रशिक्षण गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तालिममा तीन महिलासहित १८ जना सहभागी भएको आयोजक नियो फ्युज कम्प्युटर सेन्टर इनाचो भक्तपुरका निर्देशक वालकृष्ण बनमालाले बताए ।