क्वालालम्पुर । क्वालालम्पुर आप्रवासन विभागले गएराति बुकीत बिन्ताङस्थित आठवटा लोकप्रिय अरब रेस्टुरेन्टहरूमा छापा मारेर ४५ जना विदेशी कामदारलाई नियन्त्रणमा लिएको छ।
विभागका निर्देशक वान मोहम्मद सौपी वान युसोफका अनुसार राति १०ः४० बजेबाट सुरु गरिएको उक्त अपरेशनमा २१ देखि ४५ वर्ष उमेर समूहका ४० पुरुष र ५ महिला पक्राउ परेका हुन्, जो ती रेस्टुरेन्टहरूमा काम गर्दै आएका थिए।
उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति विभिन्न देशका नागरिक हुन्, जसमा १४ जना येमेनी, ७ जना सिरियाली, ४ जना पाकिस्तानी, १० जना बंगलादेशी, ४ जना इजिप्सियन, ३ जना इन्डोनेसियाली, १ जना अफगानी, १ जना फिलिपिनी र १ जना म्यानमारका नागरिक छन्।
ूतिनीहरूले भिषाको दुरुपयोग, वैध कार्य अनुमति नहुनु, र म्याद सकिएको कागजात जस्ता विभिन्न आप्रवासन उल्लङ्घन गरेका पाइएको छ,ू वान मोहम्मद सौपीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एक घण्टा लामो उक्त अपरेशनमा विभागका ३५ जना अधिकारी तथा कर्मचारी सहभागी थिए। सार्वजनिक गुनासोका आधारमा छानबिनपछि अपरेशन गरिएको विभागले जनाएको छ।
ूछलफल र सुराकीको आधारमा गरिएको प्रारम्भिक निगरानीका क्रममा केही विदेशी कामदारले ग्राहकको भेषमा लुकेर भाग्ने प्रयास गरे पनि तिनीहरूको योजनालाई असफल पारिएको थियो,ू उनले भने।
पक्राउ परेका सबैलाई थप कारबाहीका लागि बुकीत जलिल आप्रवासन डिटेन्सन केन्द्रमा लगिएको छ।
यस घटनामा आप्रवासन नियमावली १९६३ अन्तर्गतको नियम ३९(ब) र आप्रवासन ऐन १९५९र६३ को दफा ६(१)(च) अनुसार अनुसन्धान भइरहेको छ।










