रौतहट २१ बैशाख।
रौतहट स्थीत बिभिन्न दल परित्याग गरी तीनसय जना नेता कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका १, जयनगरमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा करिब ३०० जना मानिस विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता र गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले संयुक रुपमा नवप्रवेशी लाई स्वागत गरेका थिए।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शेख कलीमुला लगायत नेतागणको उपस्थिति उल्लेखनीय रहेको थियो।