एनआरएनए न्यूजिल्याण्डलको दीपेश काफ्ले उपचारका लागि आर्थिक संकलन अभियान जारी

everest kitchen

हेमिल्टन, न्यूजिल्याण्ड – सवारी दुर्घटनामा गम्भिर घाइते दीपेश काफ्लेको उपचारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले गत हप्तादेखि आर्थिक संकलन अभियान सुरु गरेको छ। अहिलेसम्म करिब ९,५५४ डलर सहयोग संकलन भइसकेको एनआरएनए न्यूजिल्याण्डले जनाएको छ ।

दीपेश हाल वाइकाटो अस्पतालको अति सघन कक्षमा उपचाररत छन्। उनको परिवार (आमा, बाबा, र काका) हेमिल्टनमा रहेका छन् र उपचार तथा दैनिकीका लागि थप आर्थिक सहयोगको आवश्यकता रहेको बताइएको छ।

एनआरएनए न्यूजिल्याण्डले सहयोग गर्न इच्छुक सबैलाई आफ्ना खातामा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ। सहयोग संकलन अभियान अर्को सूचना नआएसम्म जारी रहनेछ।

सहयोग रकम जम्मा गर्नका लागि विवरण यस प्रकार छ:

खाता नाम: NON-RESIDENT NEPALI ASSOCIATION NZ (NRNA NZ) INC
खाता नम्बर: 12-3066-0148917-04
रिफरेन्स: Dipesh Kafle

थप जानकारीका लागि एनआरएनए न्यूजिल्याण्डका सचिव कमल बशेलसँग फोन नम्बर ०२७८००६००० मा सम्पर्क गर्न सकिन्छ।

एनआरएनए न्यूजिल्याण्डले सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ र दीपेशको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।