सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा राष्ट्रपतिको चुनावको अवसरमा नेपाली राजदूतावास, सिओल भोलि मंगलबार (३ जुन २०२५) बन्द रहने जानकारी गराइएको छ।
राजदूतावासले सोमबार जारी गरेको सूचनामा चुनावको दिन सार्वजनिक बिदा पर्ने भएकाले सो दिन कुनै पनि कन्सुलर सेवा, राहदानी, भिसा तथा अन्य प्रशासनिक कार्य नहुने स्पष्ट पारेको छ।
राजदूतावासले सबै सेवाग्राहीहरूलाई आवश्यक कार्यहरू अन्य दिनहरूमा सम्पादन गर्न अनुरोध गरेको छ। सेवा पुनः ४ जुन २०२५ (बुधबार) बाट नियमित रूपमा सञ्चालन हुने जानकारी समेत दिइएको छ।