मस्कट, ओमान – ओमानस्थित नेपाली राजदूतावासले नियमित सेवा, आपतकालीन अवस्था तथा गुनासो व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। राजदूतावासले सेवाग्राहीहरूलाई कार्यसमयको पालना गर्न र आपतकालीन अवस्थाका लागि छुट्टै नम्बरहरू प्रयोग गर्न अनुरोध गरेको छ।
कार्यालय समय र नियमित सेवा
आइतवारदेखि बिहीबारसम्म
बिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजे सम्म
यस समयमा राहदानी, यात्राप्रमाणपत्र (टीटी), भिसा, प्रमाणिकरण, श्रम सम्झौता प्रमाणीकरण लगायतका कन्सुलर तथा श्रमसम्बन्धी सेवा लिइन सकिनेछ।
आपतकालीन तथा अत्यावश्यक सेवाहरूका लागि हटलाइन नम्बरहरू
श्रमिक उद्दार तथा मानवतस्करीजस्ता आपतकालीन अवस्थामा:
-
📱 71592490
-
📱 71592506 (श्रम सहचारी)
सामान्य कार्यका लागि भने यी नम्बरहरू कार्यालय समयमा मात्र प्रयोग गर्न अनुरोध गरिएको छ।
ओमान सरकारले घोषणा गरेको ग्रेस अवधि सम्बन्धी जानकारीको लागि 97763862 मा सम्पर्क गर्न सकिनेछ।
राहदानी, यात्राप्रमाणपत्र तथा अन्य कन्सुलर इमरजेन्सीका लागि:
92075071 (तृतीय सचिव)
गुनासो वा सुझाव दिनु परेमा (गुनासो सुन्ने अधिकृत तथा प्रवक्ता):
91352203 (यो नम्बर जुन १३ सम्म बिदामा हुने भएकाले सो पछि मात्र सम्पर्क गर्नु अनुरोध)
गम्भीर प्रकृतिको गुनासो वा राजदूतलाई प्रत्यक्ष जानकारी गराउनु परेमा:
78344564 (राजदूत)
[email protected]
कार्यालय समयमा मात्र सम्पर्क गर्नु होला। गम्भीर विषयलाई गोप्य रूपमा हेरिनेछ। कल नउठेमा पछि callback गरिने व्यवस्था छ।
अन्य जानकारीका लागि:
राजदूतावासको वेबसाइट तथा फेसबुक पेज मा राहदानी, कन्सुलर, भिसा, डिमाण्ड स्वीकृति लगायतका विषयहरू सरल भाषामा स्पष्टरूपमा राखिएको छ। त्यसैले सामान्य जानकारीका लागि फोन गर्नु अघि वेबसाइट हेर्नुहोस्।











