नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईद्वारा बोर्ड अफ डाईरेक्टरमा आवेदन आह्वान सम्बन्धी सार्वजनिक सूचना

everest kitchen

दुबई, यूएई – जून २, २०२५

यूएईमा रहनु भएका सम्पूर्ण नेपाली अभियन्ता तथा सामाजिक सेवामा रुचि राख्ने महानुभावहरूलाई नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईले आगामी २०२५/२७ कार्यकालको लागि बोर्ड अफ डाईरेक्टर (BOD) सदस्य पदमा आवेदन आह्वान गरेको छ।

हिजो मिति १ जून २०२५ मा सम्पन्न संस्थाको पूर्ण बैठकको निर्णयअनुसार, यूएई सरकारको Community Development Authority (CDA) मा दर्ता भई आधिकारिक रूपमा क्रियाशील एकमात्र नेपाली सामाजिक संस्था नेपाल एसोसिएसनले अधिवेशनको तयारी स्वरूप योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।

संस्थाले निम्न योग्यता भएका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ:

१. विध्यार्थी वा कूटनितिक भिसा बाहेक, लेबर वा ओनर भिसामा यूएईमा कम्तीमा २ वर्ष बसिसकेको नेपाली नागरिक हुनु पर्ने।
२. नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईको अघिल्लो कार्यकालमा सल्लाहकार, पदाधिकारी वा कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभव हुनु पर्ने।

उपयुक्त योग्यता भएका इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट नम्बर, ईमिरेट्स आईडी नम्बरसहितको जानकारी स्पष्ट रूपमा उल्लेख गरी, आफूले माथि उल्लेखित योग्यता पूरा गरेको प्रमाणसहितको आवेदन bhuwankwagle@gmail.combikasshahi7@gmail.com मा दुबै ईमेल ठेगानामा अनिवार्य रूपमा पठाउनु पर्नेछ।

आवेदनको अन्तिम म्याद: यही जून १५, २०२५ राति १२:०० बजे सम्म।

नोट: म्याद समाप्त भएपछि आएका वा योग्यता तथा प्रक्रिया नपुगेका आवेदनहरूलाई अघि प्रक्रिया गरिने छैन। आवेदकहरूसँग आवश्यक कागजात र बायोडाटा माग्नका लागि पछि छुट्टै सूचना गरिनेछ।

थप जानकारीको लागि तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ:

महासचिव:
भुवनकुमार वाग्ले – 📞 0544586650

अध्यक्ष:
विकास शाही – 📞 0502024552