२५ जुनअघि सदस्यता लिन आह्वान, NRNA UK को अभियानमा उत्साहजनक सहभागिता

everest kitchen

लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ (NRNA UK) ले २५ जुन २०२५ भित्र सबै नेपालीहरूलाई सदस्यता लिन आह्वान गर्दै व्यापक अभियान सञ्चालन गरिरहेको छ। “हामीले त सदस्यता लियौं, अब तपाईंको पालो!” भन्ने नारासहित सुरु गरिएको यस अभियानले बेलायतभर रहेका नेपाली समुदायमा उल्लेखनीय उत्साह सिर्जना गरेको छ।

NRNA UK सदस्यता लिन अब झनै सजिलो बनाइएको छ। इच्छुक व्यक्तिहरूले Smart NRNA मोबाइल एप डाउनलोड गरेर सहज रूपमा सदस्यता प्राप्त गर्न सक्छन्। एप Google Play Store तथा Apple App Store मा उपलब्ध छ।

📲 डाउनलोड लिंकहरू:

संघले सदस्यता लिने क्रममा प्राविधिक समस्या आएमा सहयोगका लागि सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

संघका प्रतिनिधिहरूका अनुसार, यो अभियान NRNA UK को संस्थागत मजबुती, पारदर्शिता तथा सबै गैरआवासीय नेपालीलाई समेट्ने दीर्घकालीन दृष्टिकोणको एक भाग हो। “सदस्यता भनेको हाम्रा हक, हित र सहभागिताको ढोका हो”, एक पदाधिकारीले बताए।

संघले समयमै सदस्यता लिएर आगामी निर्वाचन प्रक्रिया र कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।