पिएनसिसि कार्यकारी निर्देशक सोम लामिछानेको टोलीद्वारा मलेसियास्थित नेपाली राजदूतसँग भेटघाट, “Meridew Project Implementation” मा छलफल

everest kitchen

क्वालालम्पुर, जुन ५, २०२५ – आज मिति सन् २०२५ जुन ५ का दिन, पिएनसिसिका कार्यकारी निर्देशक श्री सोम लामिछानेको नेतृत्वमा गएको एक टोलीले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा महामहिम राजदूतज्यू सहितको टिमसँग भेटघाट गरेको छ।

भेटका क्रममा निर्देशक लामिछानेले एनएसआईसँगको सहकार्यमा पिएनसिसिले मलेसियामा लागू गर्न लागेको कार्यक्रम “Meridew Project Implementation in Malaysia” सम्बन्धी विस्तृत जानकारी (ब्रिफिङ) गराउनुभएको थियो।

उक्त परियोजनाले मलेसियामा रहेका नेपाली कामदारहरूको जीवनस्तर सुधार, सीप विकास तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्ने लक्ष्य राखेको बताइएको छ।

भेटमा परियोजनाका सम्भाव्यता, कार्यान्वयन योजना र नेपाली समुदायमा यसले पार्ने सकारात्मक प्रभावका विषयमा समेत गहन छलफल भएको थियो।

पिएनसिसि र एनएसआईको सहकार्यमा सञ्चालन हुने यो परियोजना मलेसियामा रहेका नेपालीहरूका लागि एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।