टोकियो, जापान – जुन ५, २०२५ – जापानमा हराएका दुई नेपाली नागरिकका राहदानीहरू फेला परेको सूचना जापानस्थित नेपाली दूतावासलाई प्राप्त भएको छ। राहदानी फेला परेका दुबै व्यक्तिलाई सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गरी तोकिएको म्यादभित्र राहदानी बुझ्न दूतावासले अनुरोध गरेको छ।
१. सुप्रिया कायस्थ (SUPRIYA KAYASTHA) – काभ्रे जिल्ला, नेपाल
-
राहदानी फेला परेको स्थान:
Kansan Police Station, Lost and Found Section, Accounting Department, Nara Prefecture -
सम्पर्क नम्बर: 0743-56-0110 (ext. 613)
-
राहदानी बुझ्ने अन्तिम मिति: २०२५ अगस्ट ३१
-
आवश्यक कागजात: फोटोसहितको परिचयपत्र
२. संजय थापा (SANJAYA THAPA) – कास्की जिल्ला, नेपाल
-
राहदानी फेला परेको स्थान:
Ogikubo Police Station → Tokyo Metropolitan Police Department Lost and Found Center -
सम्पर्क नम्बर: 033-397-0110 (ext. 20793)
-
राहदानी बुझ्ने अन्तिम मिति: २०२५ जुन १३
-
आवश्यक कागजात: फोटोसहितको परिचयपत्र
दूतावासले दुबै राहदानीधारकलाई विदाको दिनबाहेक अन्य दिनमा सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित भई राहदानी बुझ्न पुनः आग्रह गरेको छ। राहदानी बुझ्दा आफनो पहिचान प्रमाणित हुने कागजात अनिवार्य रूपमा साथमा लैजानु पर्नेछ।