मलेसियाबाट पूर्ण बहादुर पुनको उद्धार, प्रवासी नेपाली मञ्चको सहयोगमा घर फर्किने

everest kitchen

क्वालालम्पुर, मलेसिया — प्रवासी नेपाली मञ्च, मलेसियाको पहलमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४, बेथान निवासी पूर्ण बहादुर पुन नेपाल फर्किने भएका छन्।

पुन यसअघि मलेसियाको बुकिट तिङ्गी क्षेत्रमा कार्यरत थिए, तर कानुनी समस्या परेपछि मेङाकापा जेलमा सजाय काट्न बाध्य भएका थिए। जेल सजायपछि उनलाई केम्बायन स्थित घरफिर्ती केन्द्रमा राखिएको थियो।

प्रवासी नेपाली मञ्च मलेसियाका वरिष्ठ उपाध्यक्ष जीवन देवान गाउलेका अनुसार पुनको हवाई टिकटको व्यवस्था मञ्चमार्फत गरिएको हो। उक्त सहयोग मलेसियामा रहेका सामाजिक अभियन्ता कर्ण बहादुर बुढाथोकीको निवेदनपछि सम्भव भएको हो।

पूर्ण बहादुर पुन आउँदो जुन १९ तारिखका दिन बाटिक एयरलाइन्समार्फत नेपाल फर्किने कार्यक्रम तय भएको मञ्चले जनाएको छ।

प्रवासी नेपाली मञ्चले विदेशमा समस्यामा परेका नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ।