कान्साई, जापान — असार ३, २०८२
बागलुङ समाज जापान, क्षेत्रीय समिति कान्साईको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बेद प्रसाद कंडेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई सशक्त रूपमा अघि बढाउने उद्देश्यका साथ गठन गरिएको यस कार्यसमितिलाई विभिन्न संघसंस्थाहरू, बागलुङवासीहरू र प्रवासी नेपालीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
निर्वाचित कार्यसमिति यसप्रकार छ:
-
संयोजक – बेद प्रसाद कंडेल
-
उप संयोजक – राम थापा (नारायण)
-
उप संयोजक – सुजन शर्मा
-
उप संयोजक – जीवन घर्ती
-
सचिव – कुशल बोहोरा
-
सह-सचिव – दिनेश पौडेल
-
कोषाध्यक्ष – गोपाल कृष्ण सापकोटा
-
सह-कोषाध्यक्ष – अविरल के.सी.
-
सदस्य – शान्ति सापकोटा कंडेल
-
सदस्य – ज्योति सापकोटा आचार्य
-
सदस्य – शर्मिला आचार्य कंडेल
-
सदस्य – गणेश सिंजाली
-
(३ सदस्य कार्यसमितिद्वारा मनोनीत गरिने)
अधिवेशनमा जापानमा रहेका बागलुङे समुदायको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा स्थानीय नेपाली संघसंस्था तथा अगुवा व्यक्तित्वहरूको उपस्थितिले समाजप्रतिको विश्वास झल्काएको छ।
नयाँ कार्यसमितिले कान्साई क्षेत्रका नेपालीहरूबीच सामाजिक एकता, सहयोग, र बागलुङको पहिचान प्रवर्द्धन गर्न प्रतिबद्धता जनाएको छ।